परनिर्भरता बढ्दा व्यापारमा  करिब ११ खर्ब घाटामा 
Dac

भन्सार विभागका अनुसार गत फागुन मसान्तसम्मको तथ्यांकअनुसार नेपालले भारत र चीनसहित पाँच प्रमुख मुलुकसँग मात्रै करिब १० खर्ब रुपैयाँभन्दा बढी व्यापार घाटा व्यहोरेको छ। समग्रमा चालु आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा व्यापार घाटा करिब ११ खर्ब रुपैयाँ पुगेको छ।

नेपालमा परनिर्भरता बढ्दै जाँदा व्यापार घाटा तीव्र रूपमा बढेको देखिएको छ।

छिमेकी भारतसँग सबैभन्दा बढी व्यापार घाटा रहेको छ। भारतबाट ७ खर्ब २४ अर्ब ६ करोड रुपैयाँको आयात हुँदा १ खर्ब ५६ अर्ब ६६ करोड रुपैयाँको निर्यात भएको छ, जसबाट ५ खर्ब ६७ अर्ब ३९ करोड रुपैयाँ घाटा भएको हो।

यस्तै चीनसँग पनि ठूलो व्यापार घाटा रहेको छ। चीनबाट २ खर्ब ७५ अर्ब ६६ करोड रुपैयाँको आयात हुँदा ९८ करोड ३३ लाख रुपैयाँको मात्र निर्यात भएको छ, जसबाट २ खर्ब ६४ अर्ब ६८ करोड रुपैयाँ घाटा देखिएको छ।

अन्य मुलुकमध्ये अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स र इन्डोनेसियासँग पनि उल्लेखनीय व्यापार घाटा रहेको छ।

 त्यस्तै रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर, इराक र केन्यासँग भने तुलनात्मक रूपमा व्यापार नाफा रहेको विभागले जनाएको छ।

समग्रमा, उक्त अवधिमा १४ खर्ब ४० अर्ब ३६ करोड रुपैयाँको वैदेशिक व्यापार हुँदा १० खर्ब ९८ अर्ब १३ करोड रुपैयाँ व्यापार घाटा रहेको तथ्यांक सार्वजनिक गरिएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको