इन्धन मूल्यवृद्धि फिर्ता नभए आन्दोलन गर्ने दुर्गा प्रसाईंको चेतावनी

काठमाडौँ । दुर्गा प्रसाईंले इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्।

काठमाडौंमा शनिबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले मूल्यवृद्धि फिर्ता नगरिए चरणबद्ध आन्दोलन सुरु गर्ने चेतावनी दिएका हुन्। उनले आन्दोलन विद्यार्थी संगठनहरूको नेतृत्वमा अघि बढाइने उल्लेख गर्दै यस्ता संगठनलाई खारेज गर्ने प्रयास नगर्न सरकारलाई सचेत गराए।

राष्ट्र राष्ट्रियता धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान का संयोजक प्रसाईंले विभिन्न सामाजिक तथा राष्ट्रिय मुद्दामा आवाज उठाउन विद्यार्थी संगठनको भूमिका महत्वपूर्ण हुने बताए।

उनले विगतमा सामान्य दुई रुपैयाँसम्मको मूल्यवृद्धिमा पनि आन्दोलन हुने गरेको स्मरण गराउँदै अहिले ठूलो दरमा इन्धनको मूल्य बढ्दा समेत विद्यार्थी संगठनहरू मौन बसेको आरोप लगाए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको