अमेरिकी नागरिक पक्राउ

काठमाडौँ  /गाँजाको तेल बोकेको आरोपमा ४६ वर्षीय अमेरिकी नागरिक ओग्नियन पेट्रोभ पक्राउ परेका छन्।

शुक्रबार Air India को एआई २१८ नम्बरको उडानमार्फत भारत जान लागेका बेला विमानस्थल सुरक्षा टोलीले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाट पक्राउ गरेको हो।

उनलाई गाँजाको करिब १.२५ लिटर तेल बोकेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको हो।

पक्राउपछि उनलाई थप अनुसन्धानका लागि लागूऔषध अनुसन्धान व्यूरो लाई जिम्मा लगाइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको