मेटाले ८ हजार कर्मचारी कटौती गर्ने तयारी, एआईमा केन्द्रित हुने रणनीति

काठमाडौँ । फेसबुक र इन्स्टाग्रामको माउ कम्पनी मेटाले आगामी महिनासम्ममा आफ्ना करिब ८ हजार कर्मचारीहरूलाई कामबाट निकाल्ने तयारी गरेको छ ।

यो मेटाको कुल विश्वव्यापी कार्यशक्तिको करिब १० प्रतिशत भएको रोयटर्सको रिपोर्टमा उल्लेख छ । समाचार अनुसार, कर्मचारी कटौतीको पहिलो चरण मे २० देखि सुरु हुनेछ। कम्पनीले वर्षको दोस्रो भागमा थप कर्मचारी कटौती गर्ने योजना बनाएको छ । यद्यपि, त्यसको निश्चित मिति र सङ्ख्या भने अझै तय भइसकेको छैन।

कम्पनीका सीईओ मार्क जुकरबर्गले मेटालाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई) केन्द्रित बनाउन र कार्यक्षमता बढाउन यो कदम चालेका हुन् । एआईको विकाससँगै धेरै कामहरू स्वचालित हुन थालेपछि कम्पनीले कम कर्मचारीबाट धेरै नतिजा निकाल्ने रणनीति अपनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको