काठमाडौं । मंगलबार २३.८३ अंकले बढ्दै नेप्से २ हजार ९६० अंकमा पुगेको छ । आज १४ अर्ब ८३ करोड रुपैयाँकाे काराेबार भएकाे छ।
१३६ कम्पनीको मूल्य बढ्दा ११७ कम्पनीको घट्यो भने ११ कम्पनीको स्थिर रह्यो । समूहगतरूपमा व्यापार समूह सबैभन्दा धेरै ९.१२ प्रतिशतले बढ्यो ।
अन्य समूहहरूमा बैंकिङ ०.६७, विकास बैंक १.३८, फाइनान्स ०.५१, हाइड्रोपावर १.३२, लगानी ०.११ तथा उत्पादन–प्रशोधन ०.८६ प्रतिशतले बढेका छन् । यस्तै होटल तथा पर्यटन ०.१७, जीवन बीमा ०.३७, माइक्रोफाइनान्स ०.४६ र निर्जीवन बीमा ०.३८ प्रतिशतले घटेका छन् ।
आज ६ कम्पनीको मूल्यमा १० प्रतिशत वृद्धि भएको छ । उता फर्स्ट माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै ६.५६ प्रतिशतले घटेको छ। कारोबारका आधारमा भने राधि विद्युत्, अपी पावर, एचआईडीसीएल प्रमोटर, ङादी ग्रुप र शिवम् सिमेन्ट अग्रस्थानमा रहेका छन् ।

March 24, 2026, Jyotishsanchar press

