ठमेलको एलओडी क्लब विश्वका उत्कृष्ट १०० क्लबमा ४०औँ स्थानमा

काठमाडौं । काठमाडौँको ठमेलमा रहेको एलओडी क्लब सन् २०२६ का लागि विश्वका उत्कृष्ट डिजे क्लबहरूको सूचीमा ४०औँ स्थानमा परेको छ। बेलायतको प्रतिष्ठित म्यागजिन ‘डिजे म्याग’ले सार्वजनिक गरेको ‘टप १०० क्लब’ सूचीमा एलओडीले यो स्थान हासिल गरेको हो।

प्रत्येक वर्ष अन्तर्राष्ट्रिय स्तरका क्लबहरूबीच प्रतिस्पर्धा गराएर डिजे म्यागले उत्कृष्ट क्लबहरूको सूची सार्वजनिक गर्दै आएको छ। यस वर्षको प्रतिस्पर्धामा विश्वभरका ५०० भन्दा बढी क्लब सहभागी थिए।

एलओडीका निर्देशक भुपेन कुँवरले यस उपलब्धिलाई देशकै गौरवसँग जोड्दै, यसले नेपाललाई विश्व संगीत तथा मनोरञ्जन उद्योगमा चिनाउने अवसर दिएको बताए। उनका अनुसार टप १०० क्लबको सूचीमा ४०औँ स्थान हासिल गर्नु रात्रिकालीन जीवनशैली र पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण उपलब्धि हो, जसले अन्तर्राष्ट्रिय पर्यटक र क्लबप्रेमीहरूलाई नेपालतर्फ आकर्षित गर्नेछ।

यसअघि एलओडी सन् २०२५ मा ४४औँ, २०२४ मा ५०औँ, २०२३ मा ४९औँ र २०२२ मा ५२औँ स्थानमा रहेको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको