काठमाडौँ। बलात्कार आरोपमा हाँस्य कलाकार लाई प्रहरीले पक्राउ गरेको छ।
अमेरिकामा रहेकी महिलाले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत अमेरिकामै आफूलाई बलात्कार गरिएको आरोप सार्वजनिक गरेकी थिइन्। सोही आरोपका आधारमा प्रहरीले लम्सालमाथि अनुसन्धान अगाडि बढाएको जनाएको छ।
प्रहरीले उनलाई बूढानीलकण्ठ नगरपालिका–कपनस्थित बालुवाखानी क्षेत्रबाट नियन्त्रणमा लिएको हो। उनीमाथि कलाकार परिवारकै एक सदस्यले बलात्कारको आरोप लगाएकी छन्।
प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

