झापामा तीन तलाबाट खस्दा ५ वर्षीया बालिकाको मृत्यु

काठमाडौँ । झापामा घरको तीन तलामाथिबाट खस्दा एक बालिकाको ज्यान गएको छ।

प्रहरीका अनुसार दमक नगरपालिका–४ निवासी पाँच वर्षीया मानस्वी आचार्यको मृत्यु भएको हो। आफन्तकहाँ गएकी उनी बिर्तामोड नगरपालिका–५ स्थित मञ्जु उप्रेतीको घरको झ्यालबाट खस्दा गम्भीर घाइते भएकी थिइन्।

घाइते आचार्यको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। ताप्लेजुङको फुङलिङ नगरपालिका–३ निवासी हेमसागर भट्टराईको कोठामा पाहुनाका रूपमा बसेकी उनी खेल्ने क्रममा झ्यालबाट खसेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको