सुनचाँदीको मूल्यमा गिरावट

काठमाडाैं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा तीन हजार रुपैयाँले घटेर दुई लाख ९४ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार भने सुन तोलामा दुई लाख ९७ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी तोलामा ३० रुपैयाँले घटेर चार हजार ९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो सोमबार चाँदी तोलामा चार हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको