काठमडाैं । आज सेयर बजारमा गिरावट देखिएको छ। नेप्से परिसूचक ३९.२७ अंक (१.४३ प्रतिशत) ले घटेर २६९९.४४ विन्दुमा झरेको छ।
बजार घटेसँगै कारोबार रकम पनि कमी आएको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ८२ करोड रुपैयाँको कारोबार भएकोमा आज यो घटेर ४ अर्ब ५ करोड रुपैयाँमा सीमित भएको छ। आज कुल ९५ लाख ९५ हजार कित्ता सेयर किनबेच भएका छन्।
२६९ कम्पनीमध्ये १७ कम्पनीको सेयर मूल्य बढेको छ भने २५२ कम्पनीको मूल्य घटेको छ।
कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर कम्पनी सबैभन्दा अगाडि रहेको छ, जसको ३१ करोड २४ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ। त्यसपछि रिलायन्स स्पिनिङ मिल्स, नेशनल हाइड्रोपावर कम्पनी, आँखुखोला जलविद्युत कम्पनी र एनआईसी एशिया बैंक पनि बढी कारोबार हुने कम्पनीमा परेका छन्।

