काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य उल्लेख्य रूपमा बढेको छ। मङ्गलबारको तुलनामा सुन तोलामा रु ५,८०० र चाँदी रु १७५ ले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु २ लाख ९६ हजार ८०० पुगेको छ भने चाँदी प्रतितोला रु ५ हजार ५५ मा कारोबार भइरहेको छ।
हिजो मङ्गलबार सुन प्रतितोला रु २ लाख ९१ हजार र चाँदी रु ४ हजार ८८० मा कारोबार भएको थियो।

