जलवायु परिवर्तनको प्रत्यक्ष मार नेपालले नै खेपिरहनुपरेको : मन्त्री चौधरी

हरितगृह ग्यास उत्सर्जनमा नेपालको भूमिका नगण्य भएपनि जलवायु परिवर्तनको प्रत्यक्ष मार नेपालले नै खेपिरहनुपरेको छ ।

वन तथा वातावरण मन्त्रालयले बुधबार आयोजना गरेकाे राष्ट्रिय जलवायु परिवर्तन नीति तर्जुमा सम्बन्धी कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो बताउनुभएको हो । उहाँले राष्ट्रिय जलवायु परिवर्तन नीति केवल दस्ताबेजमा मात्र सिमित नराख्ने बताउनुभयो

नयाँ नीतिले गरिब, दलित, आदिवासी जनजाति, महिला, अल्पसङ्ख्यक र अपाङ्गता भएका व्यक्तिका समस्यालाई विशेष रूपमा सम्बोधन गर्ने मन्त्री चौधरीले बताउनुभएकाे छ । उहाँले अतिवृष्टि, लामो खडेरी, वन डढेलो र कृषि उत्पादनमा आएको ह्रासले खाद्य सुरक्षामा गम्भीर चुनौती थपिएको बताउनुभयो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको