कोप–३१ मा हिमालको सुरक्षा र जलवायु न्यायलाई प्राथमिकता दिनुपर्छ : गणेश पराजुली

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका उपनेता गणेश पराजुलीले आगामी जलवायु सम्मेलन कोप–३१ मा नेपालले हिमालको सुरक्षा, जलवायु न्याय र प्रभावित समुदायको हितलाई प्राथमिकताका साथ उठाउनुपर्ने बताएका छन्।

आज आयोजित नेशनल क्लाइमेट समिटमा बोल्दै उनले अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालले समस्या र क्षतिको विवरण प्रस्तुत गर्नेमात्र नभई ठोस उपलब्धि हासिल गर्ने लक्ष्यसहित सहभागी हुनुपर्ने बताए।

हिमनदी पग्लिने क्रम नेपालका लागि अस्तित्वकै चुनौती बनेको उल्लेख गर्दै उनले भोटेकोशी र त्रिशूलीलगायतका क्षेत्रमा भएका विपद्का तथ्य, वैज्ञानिक अध्ययन र स्थानीय अनुभवका आधारमा अन्तर्राष्ट्रिय समुदायसमक्ष स्पष्ट प्रस्ताव प्रस्तुत गर्नुपर्नेमा जोड दिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको