चक्रवाती आँधी ‘अर्नब’को सम्भावित असरलाई लिएर सरकार उच्च सतर्क

काठमाडौँ । चक्रवाती आँधी ‘अर्नब’को सम्भावित प्रभावलाई ध्यानमा राख्दै सरकारले मातहतका सबै निकायलाई उच्च सतर्कताका साथ तयारी अवस्थामा रहन निर्देशन दिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार चक्रवातका कारण नेपालमा वर्षा, हिमपात र केही स्थानमा हावाहुरीको सम्भावना रहेकाले जनधनको सुरक्षा तथा जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी गरिएको छ।

सम्भावित जोखिमबारे सुरक्षा निकायले माइकिङमार्फत सचेतना फैलाइरहेका छन्। यस्तै, पर्यटक तथा पर्वतारोहीलाई आधिकारिक मौसम पूर्वानुमान हेरेर मात्र यात्रा तय गर्न र हवाई सुरक्षाका लागि विमानस्थल तथा उडान व्यवस्थापनलाई तयारी अवस्थामा राख्न सम्बन्धित निकायले निर्देशन दिएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको