नेप्से परिसूचक ६.९४ अंकले बढ्यो, २ अर्ब ९३ करोडभन्दा बढीको कारोबार

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ६.९४ अंक (०.२५ प्रतिशत) ले बढेर २,७१८.१६ विन्दुमा बन्द भएको छ ।

आज बजारमा कुल ३३४ कम्पनीका सेयर कारोबार भए, जसअन्तर्गत तीन लाखभन्दा बढी कित्ता सेयर ४५ हजार ६५ पटक खरिद–बिक्री भयो । दिनभरको कुल कारोबार रकम २ अर्ब ९३ करोड १९ लाख ६८ हजार ८७७ रुपैयाँ पुगेको छ ।

समग्र बजारमा १५५ कम्पनीको सेयर मूल्य बढ्दा १०२ कम्पनीको मूल्य घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रह्यो ।

यस दिन स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा बढी १२.१९ प्रतिशत नाफा कमाए । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको सेयर मूल्य पनि चार प्रतिशतभन्दा बढीले वृद्धि भयो ।

तर फरवार्ड माइक्रोफाइनान्स लघुवित्तको सेयर मूल्यमा १३.२४ प्रतिशतको गिरावट देखियो भने माथिल्लो लोहरे हाइड्रोपावरको मूल्य ९.१२ प्रतिशतले घट्यो ।

कारोबार रकमका आधारमा एनआरएन पूर्वाधार विकास लिमिटेड १७ करोड ६८ लाख रुपैयाँसहित शीर्ष स्थानमा रह्यो । त्यसैगरी अपि पावर कम्पनी र रिलायन्स स्पिनिङ मिल्सको क्रमशः १४ करोड ३४ लाख र १४ करोड १५ लाख रुपैयाँबराबरको कारोबार भयो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको