काठमाडौँ । Nepal Stock Exchange मा आज दोहोरो सुधार देखिएको छ । नेप्से परिसूचक २७.४९ अङ्कले बढेर २७४५.६५ विन्दुमा पुगेको छ भने कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
आज कुल ३ अर्ब २८ करोड ६८ लाख ७० हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । ३३५ कम्पनीका ७४ लाख ७८ हजारभन्दा बढी कित्ता सेयर ५३ हजार १४ पटक खरिदबिक्री भएको तथ्याङ्कले देखाएको छ ।
लगानीकर्ताको सक्रियतासँगै बजारमा सकारात्मक माहोल देखिएको छ ।

