काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज दोहोरो अङ्कले घटेको छ । साताको कारोबारमा नेप्से १० दशमलव ०७ अङ्कले ओरालो लाग्दै दुई हजार सात सय ३० दशमलव १७ मा पुगेको हो ।
सेन्सेटिभ परिसूचक पनि सामान्य गिरावटसहित चार सय ६७ दशमलव २० बिन्दुमा कायम भएको छ । आज बजारमा तीन सय ३७ कम्पनीको शेयर कारोबार भएको थियो । कुल ७९ लाखभन्दा बढी कित्ता शेयर किनबेच हुँदा रु तीन अर्ब २९ करोडभन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ ।
कारोबार रकमका हिसाबले हिमालयन रिइन्स्योरेन्स र साहस ऊर्जा सबैभन्दा सक्रिय कम्पनीमा परेका छन् । यस्तै, युनियन हाइड्रोपावर र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा बढी लाभ कमाएका छन् ।
यता एसियन हाइड्रोपावर, रिजलाइन इनर्जी र भुजुङ हाइड्रोपावरका शेयरधनीले भने बजार गिरावटसँगै नोक्सानी बेहोरेका छन् ।

