जहाज खरिदका लागि लिएको ऋणको सावाँ–ब्याज ५५ अर्ब ४ करोड नाघ्यो

काठमाडौँ ।  महालेखापरीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार नेपाल वायुसेवा निगम को ऋण दायित्व ५५ अर्ब ४ करोड ७८ लाख रुपैयाँभन्दा बढी पुगेको छ । यो रकम जहाज खरिदका लागि लिइएको सावाँ तथा ब्याज हो ।

निगमले ए–३२० र ए–३३० विमान खरिदका लागि सरकारको जमानीमा कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएको थियो । सञ्चय कोषबाट २२ अर्ब र नागरिक लगानी कोषबाट १२ अर्ब रुपैयाँ बराबर ऋण लिइएको विवरणमा उल्लेख छ ।

हाल सञ्चय कोषलाई ३१ अर्ब ३३ करोडभन्दा बढी र नागरिक लगानी कोषलाई २१ अर्ब १२ करोडभन्दा बढी भुक्तानी बाँकी रहेको प्रतिवेदनमा जनाइएको छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको