काठमाडौँ । स्थानीय सुनचाँदी बजारमा आज पुनः गिरावट आएको छ । सुन प्रतितोला रु चार हजार ५०० ले घट्दै रु दुई लाख ९४ हजारमा झरेको छ । चाँदीको मूल्य पनि रु ३३० ले घटेर प्रतितोला रु पाँच हजार ६० कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ का अनुसार अन्तरराष्ट्रिय बजारको प्रभावले स्थानीय बजारमा मूल्य घटेको हो ।
अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार ५४० अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी ७७ अमेरिकी डलरमा किनबेच भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

