दक्षिण कोरियासँग सीमा ‘अभेद्य किल्ला’ बनाउन किम जोङ उनको निर्देशन

काठमाडौँ । उत्तर कोरियाली नेता किम जोङ उनले दक्षिण कोरियासँग जोडिएको सीमाक्षेत्रलाई थप सुदृढ गर्दै ‘अभेद्य किल्ला’ मा रूपान्तरण गर्न सेना नेतृत्वलाई निर्देशन दिएका छन् ।

युक्रेन युद्ध र मध्यपूर्वमा विकसित आधुनिक युद्ध रणनीतिबाट प्रभावित उत्तर कोरियाले सीमाक्षेत्रको सुरक्षा संरचना पुनर्गठन गर्ने संकेत दिएको विश्लेषकहरूले बताएका छन् ।

आइतबार आयोजित उच्चस्तरीय सैन्य बैठकमा किमले अग्रपङ्क्तिका सैनिक इकाइहरूलाई बलियो बनाउँदै सैन्य तयारीमा ठूलो परिवर्तन आवश्यक रहेको बताए । सरकारी सञ्चारमाध्यम केसीएनएले सार्वजनिक गरेका तस्बिरहरूमा किमले उच्च सैन्य अधिकारीहरूको बैठकको अध्यक्षता गरिरहेको देखिएको छ ।

बैठकमा उनले ‘कट्टर शत्रु’ विरुद्ध दृष्टिकोण अझ कडा बनाउनुपर्ने बताएका थिए । यद्यपि कुनै देशको नाम उल्लेख नगरिए पनि यसलाई दक्षिण कोरियातर्फ लक्षित सन्देशका रूपमा हेरिएको छ ।

केसीएनएका अनुसार किमले अग्रपङ्क्तिका इकाइहरू र सैन्य संरचनालाई थप सशक्त बनाउँदै सीमाक्षेत्रलाई ‘अभेद्य किल्ला’ बनाउने योजनालाई प्राथमिकता दिएका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको