बहिस्करणमा परेका क्षेत्रलाई बजेटमा विशेष प्राथमिकता : अर्थमन्त्री वाग्ले

काठमाडाैं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुदूरपश्चिम, कर्णालीलगायत बहिस्करणमा परेका क्षेत्रलाई आगामी बजेटमा विशेष प्राथमिकता दिइने बताएका छन्।

आर्थिक वर्ष २०८३/८४ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि प्रतिनिधिसभामा उठेका प्रश्नको जवाफ दिँदै उनले कमजोर वर्गलाई माथि उठाएर मध्यम वर्ग विस्तार गर्ने सरकारको लक्ष्य रहेको बताए।

अर्थमन्त्री वाग्लेले विकासको स्पष्ट मार्गचित्रसहित पहिलो पटक ‘मिसन मोड’मा काम गर्ने अभ्यास सुरु गरिएको उल्लेख गर्दै बजेट कार्यान्वयनमा पनि इमान्दार प्रयास गरिने बताए।

छलफलमा सहभागी सांसदहरूले गरिबी, स्वास्थ्य, शिक्षा, रोजगारी, कृषि तथा सुशासनका विषयलाई प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका थिए।

सभामुख डोलप्रसाद अर्यालले सांसदहरूले दिएका सुझाव समेटेर प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र अर्थ मन्त्रालयमा पठाइने जानकारी दिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको