नेप्से १२.३६ अंकले घट्यो

काठमाडाैं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक आज १२.३६ अंकले घटेर २७४२.११ विन्दुमा बन्द भएको छ।

कारोबार सुरु भएको पहिलो १५ मिनेटमै नेप्से २७६३ अंकसम्म पुगेको भए पनि अन्तिम समयमा बजार ओरालो लागेको हो। आज म्युचुअल फण्ड र व्यापार उपसमूह बाहेक सबै उपसमूह घटेका छन्।

कारोबारमा ७२ कम्पनीको सेयर मूल्य बढ्दा १८८ कम्पनीको मूल्य घटेको छ भने ९ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज बुंगल हाइड्रोका लगानीकर्ताले सबैभन्दा धेरै ९.२६ प्रतिशत नाफा कमाएका छन्। यता, अपर लोहोरेखोला हाइड्रोपावरका लगानीकर्ताले सबैभन्दा धेरै १४.९५ प्रतिशत गुमाएका छन्।

आज कुल ३ अर्ब ८९ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी अग्रस्थानमा रहँदै १७ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको