काठमाडौँको न्यूनतम तापक्रम ७.९ डिग्रीमा झर्‍यो, जुम्लामा माइनस ७.६

काठमाडौँ । काठमाडौँ उपत्यकामा चिसो बढ्दै जाँदा मंगलबार बिहान न्यूनतम तापक्रम ७.९ डिग्री सेल्सियसमा झरेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजेको प्रारम्भिक मापनमा तापक्रम घटेको देखिएको हो। यसअघि आइतबार ८.३ र सोमबार ८ डिग्री सेल्सियस मापन गरिएको थियो।

यस्तै, सोमबार जुम्लाको न्यूनतम तापक्रम माइनस ७.६ डिग्री सेल्सियसमा झरेको थियो। काठमाडौँको आजको आधिकारिक न्यूनतम तापक्रम भने बिहान ८:४५ बजे सार्वजनिक हुने महाशाखाले जनाएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको