भारतद्वारा नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग घोषणा

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा भारतले नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ।

आज प्रधानमन्त्री शाहसँगको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त आर्थिक सहयोगको घोषणा गर्नुभएको हो।

नेपालले भारतसँग २ खर्ब भारु आर्थिक सहयोग माग गरेको थियो। जसमा १ खर्ब भारु ऋण र १ खर्ब भारु अनुदान उपलब्ध गराउन अनुरोध गरिएको थियो। भारतले नेपालले अनुरोध गरेअनुसार नै आर्थिक सहयोग घोषणा गरेको जनाइएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको