जेठ १५ गते अपराह्न ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरिने

काठमाडौँ । आगामी आर्थिक वर्षको वार्षिक बजेट प्रस्तुत गर्न सङ्घीय संसद्को संयुक्त बैठक यही जेठ १५ गते शुक्रबार अपराह्न ४ बजे बस्ने भएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले संयुक्त बैठकका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई अपराह्न ३ः४५ बजेसम्म उपस्थित भइसक्न आग्रह गरेका छन्। नेपालको संविधान २०७२ जारी भएपछि प्रत्येक वर्ष जेठ १५ गते दुवै सदनको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्ने संवैधानिक व्यवस्था गरिएको छ। गणतन्त्र दिवसको अवसर पारेर बजेट प्रस्तुत गर्ने परम्परा अनुसार यस वर्ष पनि सोही दिन बजेट ल्याउन लागिएको हो। यसैबीच, प्रतिनिधिसभाको अर्को बैठक भने जेठ १५ गते शुक्रबार साँझ ५ः३० बजे बस्ने जानकारी सभामुख अर्यालले दिएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको