नेप्सेमा २२.२१ अंकको सुधार

काठमाडाैं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा मंगलबार उल्लेख्य सुधार देखिएको छ। नेप्से परिसूचक २२.२१ अंक अर्थात् ०.८० प्रतिशतले बढेर २,७७७.५८ विन्दुमा पुगेको छ। अघिल्लो कारोबार दिन करिब २८ अंकले घटेको बजार आज पुनः हरियो बनेको हो।

आज ३४६ कम्पनीका एक करोड १३ लाखभन्दा बढी कित्ता सेयर पाँच अर्ब २६ करोड ५२ लाख ७५ हजार २९९ रुपैयाँमा कारोबार भएका छन्। कारोबार अवधिभर १८४ कम्पनीको सेयर मूल्य बढ्दा ७७ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ।

कम्पनीगत रूपमा कालिञ्चोक हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक १४.९८ प्रतिशत नाफा कमाएका छन्। त्यसैगरी सेन्ट्रल फाइनान्सको सेयर मूल्य १३.६७ प्रतिशत र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको १०.५७ प्रतिशतले वृद्धि भएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको