काठमाडाैं । एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा अशोक कुमार अग्रवाल नियुक्त भएका छन्।
बैंकको २८औँ वार्षिक साधारण सभाले संस्थापक शेयरधनीहरूको तर्फबाट उनलाई सञ्चालक समितिमा निर्विरोध निर्वाचित गरेको हो।
सञ्चालक समितिको निर्णयअनुसार अग्रवाललाई आगामी चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गरिएको बैंकले जनाएको छ।
नवनियुक्त अध्यक्ष अग्रवालले सोही दिन नेपाल राष्ट्र बैंकका गभर्नरसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।
बैंकिङ, बीमा तथा कर्पोरेट क्षेत्रमा लामो अनुभव भएका अग्रवालको नेतृत्वले बैंकलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ।

