काठमाडाैं । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको छ। आज सुन तोलामा २०० रुपैयाँ र चाँदी ८५ रुपैयाँले घटेको हो।
नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य ३ लाख ११ हजार १०० रुपैयाँ कायम भएको छ भने एक तोला चाँदीको मूल्य ५ हजार २८५ रुपैयाँ निर्धारण गरिएको छ।
हिजो बुधबार एक तोला सुन ३ लाख ११ हजार ३०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी ५ हजार ३७० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज एक औँस सुन ४ हजार ४६१ अमेरिकी डलर र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

