सेयर बजारमा गिरावट, नेप्से १३.४६ अंकले घट्दा कारोबार पनि खुम्चियो

काठमाडाैं । आज सेयर बजार परिसूचक नेप्से १३.४६ अंकले घटेर २७६६ अंकमा कायम भएको छ। साढे १२ बजेपछिबाट बजारले ओरालो गति लिएको थियो।

आज ६३ कम्पनीको सेयर मूल्य बढ्दा १९८ कम्पनीको घट्यो भने ८ कम्पनीको मूल्य स्थिर रह्यो। कारोबार रकम पनि घटेर ४ अर्ब ७० करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो कारोबार दिन ५ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको थियो।

समूहगत सूचकतर्फ अधिकांश क्षेत्र राताम्मे देखिए। व्यापार समूह सबैभन्दा धेरै १.७१ प्रतिशतले घट्दा होटल तथा पर्यटन १.०७ प्रतिशत, निर्जीवन बीमा १.२० प्रतिशत, जलविद्युत् ०.५१ प्रतिशत लगायतका समूहमा पनि गिरावट देखियो।

आज कालिन्चोक हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै १४.९९ प्रतिशतले बढ्यो। न्यादी हाइड्रोपावर र सेन्ट्रल फाइनान्स पनि बढ्ने कम्पनीको सूचीमा रहे।

यता विजय लघुवित्त, भगवती हाइड्रोपावर, आँखुखोला जलविद्युत् र होटल फरेस्ट इनको सेयर मूल्य सर्वाधिक घट्नेमा परेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको