सेयर बजार ८.१४ अंकले घट्यो, कारोबार रकम पनि खुम्चियो

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ८.१४ अंकले घटेर २७२८ अंकमा कायम भएको छ। अघिल्लो कारोबार दिन २.५७ अंकले बढेको बजार आज पुनः ओरालो लागेको हो।

आज कारोबार रकम पनि घटेको छ। अघिल्लो दिन ४ अर्ब २९ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३ अर्ब ९० करोड रुपैयाँमा सीमित भएको छ। कारोबारमा ८२ कम्पनीको शेयर मूल्य बढ्दा १७८ कम्पनीको घटेको छ भने १३ कम्पनीको मूल्य स्थिर रहेको छ।

क्षेत्रगत रूपमा फाइनान्स समूह सबैभन्दा धेरै १.४५ प्रतिशतले घटेको छ। यस्तै व्यापार १.२३, बैंकिङ ०.२५, विकास बैंक ०.५१, हाइड्रोपावर ०.१८, लगानी ०.२२, जीवन बीमा ०.२१, माइक्रोफाइनान्स ०.२८, निर्जीवन बीमा ०.१७ र अन्य समूह ०.९१ प्रतिशतले घटेका छन्। होटल तथा पर्यटन समूह ०.४७ प्रतिशत र उत्पादन तथा प्रशोधन समूह ०.२६ प्रतिशतले बढेका छन्।

आज सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको शेयर मूल्य १५–१५ प्रतिशतले वृद्धि भएको छ। त्यसैगरी बोटलर्स नेपाल (बालाजु) को ८.३३ प्रतिशत, अपर लोहोरेखोला हाइड्रोपावरको ६.०७ प्रतिशत तथा पिपुल्स हाइड्रोपावरको ५.३३ प्रतिशतले शेयर मूल्य बढेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको