परराष्ट्रमन्त्री शिशिर खनाल बेइजिङ पुगे, उच्चस्तरीय भेटवार्ता र लगानी सम्मेलनमा सहभागिता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ पुगेका छन्। उनी गएराति त्यसतर्फ प्रस्थान गरेका थिए।

बेइजिङस्थित नेपाली दूतावासका अनुसार मन्त्री खनाल स्थानीय समयअनुसार आज अपराह्न बेइजिङ पुगेका हुन्। विमानस्थलमा उनलाई चीनका लागि नेपालका कार्यवाहक राजदूत रोशन खनाल तथा चीनको विदेश मन्त्रालयका अधिकारीहरूले स्वागत गरेका थिए।

भ्रमणका क्रममा मन्त्री खनालको सम्मानमा नेपाली दूतावासले आज साँझ स्वागत समारोह आयोजना गर्नेछ। सो अवसरमा उनले चीनमा रहेका नेपाली समुदायसँग पनि अन्तरक्रिया गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ।

चीनमा रहँदा उनले चिनियाँ विदेशमन्त्री वाङ यीसँग नेपाल–चीन सम्बन्ध सुदृढ बनाउने तथा आपसी सहकार्य विस्तार गर्ने विषयमा द्विपक्षीय वार्ता गर्नेछन्। साथै चीनका उच्च अधिकारीहरूसँग पनि छुट्टाछुट्टै भेटवार्ता गर्ने कार्यक्रम रहेको छ।

मन्त्री खनालले बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजना हुने लगानी सम्मेलनमा सहभागिता जनाउँदै चिनियाँ उद्यमी तथा व्यवसायीसँग वैदेशिक लगानीका सम्भावनाबारे छलफल गर्नेछन्।

उनी आगामी असार ३ गते स्वदेश फर्किने कार्यक्रम रहेको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको