सेयर बजार ६.३१ अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज पनि घटेको छ ।

बजार आज ६.३१ अंक घटेको हो । यससँगै बजार मापक २७०५.४५ विन्दुमा झरेको छ । सोमबार १२.२६ अंक घटेको थियो ।

बजार घट्दा ८० कम्पनीको मात्रै सेयर मूल्य बढेको छ । १७७ कम्पनीको सेयर मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

कारोबार चार अर्ब नाघेको छ । चार अर्ब चार करोड ७८ लाख ५८ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । एक करोड सात लाख आठ हजार ५९६ कित्ता सेयर ५८ हजार ११६ पटकमा किनबेच भएको छ ।

सोपान फर्माटिकल्स, एपोलो हाइड्रोको सेयर मूल्यमा सकारात्मक ‘सर्किट ब्रेक’ लागेको छ । दोल्ती पावर कम्पनी, बुंगल हाइड्रो, मेन्छियम हाइड्रो उच्च कारोबार गर्ने शीर्ष कम्पनीमा परे ।

यस्तै, सयपत्री हाइड्रो, युनिक नेपाल लघुवित्त, एनएमबी डिबेन्चर, कालिन्चोक हाइड्रो, रिलायन्य स्पिनिङ मिल्स लगायतका कम्पनी उच्च गुमाउने शीर्ष स्थानमा रहे ।

समूहगत सूचकतर्फ म्युचअल फन्ड ०.०५ प्रतिशत तथा व्यापार समूह ०.३१ प्रतिशत बढ्दा बाँकी ११ समूह राताम्मे देखिएका छन् ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको