नेप्से परिसूचक झिनो अंकले बढ्यो

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अंकले वृद्धि भएको छ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १.६३ अंकले उकालो लाग्दै २,७०२.११ विन्दुमा पुगेको छ। ठूला कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३१ अंकले बढेर ४६३.९८ विन्दुमा पुगेको छ।

कुल ११६ कम्पनीको शेयर मूल्य बढेको छ भने १४० कम्पनीको मूल्य घटेको छ। १७ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज कुल ३५३ कम्पनीका १ करोड ९ लाख २२ हजार ५२५ कित्ता शेयर ४ अर्ब ५३ करोड ४९ लाख ८३ हजार ५६८ रुपैयाँ बराबरमा किनबेच भएका छन्।

कारोबारका आधारमा ग्लोबल आइएमई बैंकको डिबेञ्चर २०८८/८७ शीर्ष स्थानमा रहेको छ। त्यसपछि ग्लोबल आइएमई बैंकको डिबेञ्चर २०८४/८५, सोपान फर्मास्युटिकल्स, आँखा खोला जलविद्युत् कम्पनी र युनाइटेड मोदी हाइड्रोपावर शीर्ष पाँचमा परेका छन्।

आज अपोलो हाइड्रोपावर, सोपान फर्मास्युटिकल्स, सपोर्ट माइक्रोफाइनान्स, रिलायन्स फाइनान्स र गुराँस लघुवित्तका लगानीकर्ताले नाफा कमाएका छन् भने बुङ्गल हाइड्रो, आत्मनिर्भर लघुवित्त, सिटिजन बैंकको डिबेञ्चर, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम र सालपा विकास बैंकका लगानीकर्ताले घाटा व्यहोरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको