सुनको मूल्यमा वृद्धि, प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँ कायम

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ प्रतितोला ६०० रुपैयाँले वृद्धि भई २ लाख ८७ हजार ३०० रुपैयाँ पुगेको छ।

त्यसैगरी, चाँदीको मूल्यमा पनि परिवर्तन भएको छ। महासंघका अनुसार आज चाँदी प्रतितोला ५० रुपैयाँले घटेर ४ हजार ६९० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारको मूल्य र विनिमय दरको प्रभावका आधारमा सुनचाँदीको दैनिक मूल्य निर्धारण हुँदै आएको छ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको