काठमाडौं । रघुजी फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको नयाँ नेपाली चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’को औपचारिक घोषणा गरिएको छ ।
चलचित्रको शुभारम्भ आज भक्तपुरस्थित सूर्यविनायक गणेश मन्दिरमा स्क्रिप्ट पूजा गरी गरिएको हो । निर्माण पक्षकाअनुसार लेखक तथा निर्देशक अमरदीप सापकोटाको लेखन तथा निर्देशन रहने चलचित्र असारको अन्तिम हप्तादेखि छायाङ्कन शुरु हुनेछ ।
यो चलचित्रमार्फत चर्चित गायक पशुपति शर्माले अभिनय क्षेत्रमा डेब्यु गर्दैछन् भने चर्चित गायिका अञ्जु पन्तकी छोरी परितोषिका पन्तले पनि यही चलचित्रबाट अभिनय यात्रा शुरु गर्ने भएकी छन् ।

