६ महिनामै त्रिविको ७०५ रोपनी जग्गा फिर्ता

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको करिब ७०५ रोपनी जग्गा फिर्ता ल्याइएको शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले बताएका छन्।

बुधबार फेसबुकमार्फत जानकारी दिँदै उनले ६ महिनाको अवधिमा काठमाडौं उपत्यकाभित्र अतिक्रमित तथा अनधिकृत रूपमा प्रयोग भएका जग्गा फिर्ता ल्याउन सफल भएको बताएका हुन्।

उनका अनुसार फिर्ता भएको जग्गा अब अनुसन्धान केन्द्र तथा शैक्षिक पूर्वाधार निर्माणमा उपयोग गरिनेछ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको