काठमाण्डौ । उपत्यका लगायतका उपत्यका बाहिरका मुख्य बजारमा तिहारको किनमेल गर्नेहरुको चहलपहल बढेको छ । न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, बानेश्वर, कोटेश्वर बनेपा लगायत व्यापारिक क्षेत्रमा तिहारका सामग्री किन्नहरुको भिड लागेको छ ।
तिहार नजिकिएसँगै बजारमा किनमेल तिहारको मुख्य आकर्षणमध्ये एक मानिने भाइटीकाका लागि प्रयोग हुने भाइमसलाको मूल्य भने यस वर्ष महँगिएको छ ।घर सजावट, पूजाका सामग्री, मिठाई, फलफूल र भाइटीकाका लागि आवश्यक सामान खरिद गर्न उपभोक्ता बजार पुग्न थालेका छन् ।
महँगो मूल्यका कारण उपभोक्ताले आफ्नो आर्थिक अवस्थाअनुसार आवश्यक सामग्री खरिद गरिरहेका छन् । भाइमसलाको मूल्य बढ्नुको प्रमुख कारण व्यापारीहरूले आयातमा देखिएको समस्या, ढुवानी खर्च र अन्तर्राष्ट्रिय बजारको मूल्यमा वृद्धि भएका कारण बताएका छन् ।
चाडपर्वको मौका छोपेर हुन सक्ने कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्न बजार अनुगमन प्रभावकारी बनाउनुपर्ने उपभोक्ताहरुले माग आवाज उठाएका छन् महँगो भएता पनि उपभोक्ताले फूलमाला, दियो, बिजुली बत्ती, मिठाई र उपहारका सामानको बिक्री पनि बढ्न थालेको छ
विशेषगरी काजु, बदाम, पेस्ता, किसमिस र मखनाको मूल्य बढेको छ । बजारमा पेस्ता प्रतिकिलो करिब चार हजार रुपैयाँ पुगेको छ । काजु दुई हजारदेखि दुई हजार दुई सय रुपैयाँ, मखाना दुई हजार रुपैयाँ, नरिवल एक हजार रुपैयाँ तथा किसमिस पाँच सयदेखि छ सय रुपैयाँसम्ममा बिक्री भइरहेको छ ।
तिहारको किनमेलमा व्यस्त उपभोक्ताले गुणस्तरीय सामान उचित मूल्यमा पाउनुपर्ने अपेक्षा गरेका छन् । दिदीबहिनी र दाजुभाइबीचको आत्मीयता, प्रेम र सद्भाव साटासाट गर्ने पर्वका रूपमा मनाइने तिहारले बजारमा रौनक थपेको छ ।
बजारमा तिहारको किनमेल गर्नेहरुको चहलपहल बढ्यो
उपत्यका लगायतका उपत्यका बाहिरका मुख्य बजारमा तिहारको किनमेल गर्नेहरुको चहलपहल बढेको छ । न्युरोड, असन, इन्द्रचोक, भोटाहिटी, बानेश्वर, कोटेश्वर बनेपा लगायत व्यापारिक क्षेत्रमा तिहारका सामग्री किन्नहरुको भिड लागेको छ ।