काठमाडौँ । सरकारले लगानी तथा पूर्वाधार विकासलाई सहज बनाउन ५९ वटा कानुन संशोधन गर्ने प्रक्रिया अघि बढाएको छ।
कानुनमन्त्री सोविता गौतमका अनुसार विभिन्न मन्त्रालयबाट प्राप्त मस्यौदामार्फत ४९४ वटा दफा संशोधन गर्ने तयारी भइरहेको छ। संसद् अधिवेशन नभए आवश्यकताअनुसार अध्यादेश ल्याइने उनले स्पष्ट पारेकी छन्।

