काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला रु १,६०० ले घटेर रु २ लाख ८७ हजार १०० कायम भएको छ भने चाँदीको मूल्य प्रतितोला रु १४० ले घटेर रु ४ हजार ५९० निर्धारण भएको छ।
सोमबार सुन प्रतितोला रु २ लाख ८८ हजार ७०० मा कारोबार भएको थियो भने चाँदीको मूल्य प्रतितोला रु ४ हजार ७३० रहेको थियो। त्यस्तै, आइतबार सुनको मूल्य रु २ लाख ८७ हजार ३०० र चाँदीको मूल्य रु ४ हजार ६९० कायम भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस ४ हजार ११९ अमेरिकी डलरमा कारोबार भइरहेको महासङ्घले जनाएको छ।

