सेयर बजार १४.४५ अंकले घट्यो, नेप्से २६६० विन्दुमा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार १४.४५ अंकले घटेर २६६०.०२ विन्दुमा पुगेको छ। कारोबार दिनभर बजारमा बिक्रीचाप देखिँदा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको हो।

आजको कारोबारमा ६२ कम्पनीको सेयर मूल्य बढ्दा २०२ कम्पनीको मूल्य घटेको छ भने १० कम्पनीको मूल्य स्थिर रहेको छ।

नेप्सेका अनुसार आज कुल ४ अर्ब ४१ करोड ८६ लाख ७ हजार ४८६ रुपैयाँ बराबरको कारोबार भएको छ। एक करोड ७ लाख ७७ हजार ५८२ कित्ता सेयर ७२ हजार ९१७ पटक किनबेच भएका छन्।

कारोबारका क्रममा टक्सार पिखुवा खोला जलविद्युत् र याम्बलिङ हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ। झुजुङ हाइड्रो, सीवाईसी नेपाल लघुवित्त र सपोर्ट माइक्रोफाइनान्सलगायत कम्पनीका लगानीकर्ताले उल्लेख्य नाफा कमाएका छन्।

समूहगत सूचकतर्फ फाइनान्स र ट्रेडिङ समूहमा वृद्धि देखिए पनि अन्य सबै समूहका सूचकहरू घटेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको