धान दिवसमा प्रचण्डको सरकारलाई आग्रह: किसानलाई मल, बीउ र सिँचाइको सहज व्यवस्था गरियोस्

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय धान दिवस तथा रोपाइँ दिवस २०८३ को अवसरमा शुभकामना व्यक्त गर्दै किसानका समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन्।

शुभकामना सन्देशमार्फत उनले कृषि नेपाली अर्थतन्त्रको प्रमुख आधार भएको उल्लेख गर्दै श्रमजीवी किसानहरूको मेहनत, पसिना र समर्पणले नै देशको खाद्य सुरक्षा र समृद्धिको जग निर्माण गरेको बताएका छन्।

प्रचण्डले रोपाइँको मुख्य समयमा समेत किसानहरूले मल, गुणस्तरीय बीउबिजन, सिँचाइ तथा आवश्यक कृषि सामग्री सहज रूपमा प्राप्त गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनले किसानमैत्री नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन गर्दै कृषि उत्पादन वृद्धि र आत्मनिर्भर अर्थतन्त्र निर्माणमा सरकारको विशेष ध्यान जानुपर्ने बताएका छन्।

उनले राष्ट्रिय धान दिवसले कृषि र किसानप्रतिको सम्मान अझ सुदृढ बनाउँदै उत्पादन वृद्धि गर्ने नयाँ संकल्प जगाउने विश्वास व्यक्त गरेका छन्। साथै, देशभरका सम्पूर्ण कृषकहरूमा सुख, समृद्धि र सफल खेतीपातीको हार्दिक शुभकामना व्यक्त गरेका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको