कांग्रेस सहमहामन्त्री (पिछडिएको क्षेत्र) मा जीवनबहादुर शाही निर्वाचित

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) मा जीवनबहादुर शाही निर्वाचित भएका छन्। कर्णाली प्रदेश संसदीय दलका नेतासमेत रहेका शाहीले उक्त पदमा जित हासिल गरेका हुन्।

सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) का लागि शाहीसहित जनकराज गिरी, नारायणप्रसाद भट्टराई, राजन कुँवर र रामबहादुर विष्ट प्रतिस्पर्धामा थिए। शाही यसअघि २०७८ मंसिरमा सम्पन्न कांग्रेसको १४औँ महाधिवेशनमा पनि सहमहामन्त्री पदका उम्मेदवार बनेका थिए, तर त्यतिबेला पराजित भएका थिए।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको