एमालेले मङ्सिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ।

एमाले सङ्गठन विभाग प्रमुख भानुभक्त ढकालका अनुसार पार्टीको स्थायी कमिटीको प्रथम बैठकले गरेको निर्णय कार्यान्वयन गर्ने क्रममा भेलाको मिति र स्थान तय गरिएको हो। अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा असोज २२ देखि २५ गतेसम्म बसेको स्थायी कमिटीको प्रथम बैठकले केन्द्रीय कमिटीमा मनोनयन, स्थानीय तहका कमिटीको अधिवेशन तथा राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्नेलगायतका निर्णय गरेको थियो।

राष्ट्रिय कार्यकर्ता भेलामा प्रदेश कमिटीका पदाधिकारी, जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष तथा उपाध्यक्ष र सबै तहका जनप्रतिनिधिहरू सहभागी हुने सङ्गठन विभाग प्रमुख ढकालले जानकारी दिएका छन्।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको