काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा वन र भूमिसम्बन्धी दुई अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले आज ‘वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ र ‘भूमिसम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका हुन्।

