काठमाडौं । प्रहरीले काठमाडौंको तार्केश्वरस्थित लोलाङमा दुई राउन्ड हवाई फायर गरी एक जनालाई नियन्त्रणमा लिएको छ।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरको टोलीले उनलाई नियन्त्रणमा लिएको हो। ब्युरोका अनुसार पक्राउ परेका व्यक्तिको साथबाट ३०० ग्रामभन्दा बढी लागुऔषध खैरो हेरोइनसमेत बरामद गरिएको छ।

