काठमाडौं । सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको फाइल झिकाउने आदेश दिएको छ।
पौडेलकी पत्नी दोमाया पौडेलले असार १० गते सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन्।
पौडेलका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईका अनुसार अदालतले आज प्राविधिक आदेश जारी गर्दै दीपक भट्टको फाइल पेस गर्न भनेको हो। उक्त फाइल आएपछि मात्रै रिटमाथिको थप सुनुवाइ हुने उनले बताए।

