भदौ २३–२४ को घटनाक्रम प्रतिगामी षड्यन्त्र थियो : केपी ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको राजनीतिक घटनाक्रमलाई लोकतन्त्र र वामपन्थी आन्दोलनलाई कमजोर बनाउने उद्देश्यसहित भएको प्रतिगामी षड्यन्त्रको संज्ञा दिएका छन्।

मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै ओलीले उक्त घटनाक्रमले वैधानिक सरकारलाई अवैधानिक ढंगले विस्थापित गरेको दाबी गरे।

उनले भने, “नेपालको वामपन्थी आन्दोलनलाई मात्रै होइन, लोकतन्त्रलाई नै लक्षित गरेर भदौ २३ र २४ को प्रतिगामी षड्यन्त्र भयो। त्यसले वैधानिक सरकारलाई अवैध ढंगले विस्थापन गर्‍यो। यो लोकतन्त्र हुनै सक्दैन, लोकतान्त्रिक आन्दोलन पनि हुन सक्दैन।”

ओलीले लोकतान्त्रिक प्रक्रियाबाट बनेको सरकारलाई बलपूर्वक हटाइएको भन्दै त्यस घटनाक्रम लोकतान्त्रिक मूल्य र मान्यताविपरीत रहेको टिप्पणी गरे।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको