नेप्से उच्च अंकले बढ्यो, तीन अर्ब ८६ करोडभन्दा बढीको कारोबार

काठमाडौं । नेप्से परिसूचक बुधबार ४४.५९ अंकले बढ्दै २,६५२.९३ विन्दुमा पुगेपछि शेयर बजारमा हरियाली छाएको छ। ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ५.७७ अंकले बढेर ४५८.५७ विन्दुमा पुगेको छ।

नेप्सेका अनुसार आज ३६२ कम्पनीका ९५ लाख ४७ हजार ६७८ कित्ता शेयर तीन अर्ब ८६ करोड ११ लाख रुपैयाँभन्दा बढीमा कारोबार भएका छन्। सबै उपसमूहका सूचकहरू बढेका छन् भने २५२ कम्पनीको शेयर मूल्य बढ्दा १७ कम्पनीको मात्रै घटेको र ६ कम्पनीको मूल्य स्थिर रहेको छ।

कारोबार रकममा लक्ष्मी सनराइज बैंक अग्रस्थानमा रह्यो। यस्तै, स्नो रिभर लिमिटेड, सिवाइसी नेपाल लघुवित्त, भुजुङ हाइड्रोपावर र कुर्थली बुखरी स्मल हाइड्रोपावरका लगानीकर्ताले उल्लेखनीय लाभ कमाएका छन् भने कर्पोरेट डेभलपमेन्ट बैंक, एनएमबी डिबेञ्चर, धौलागिरी लघुवित्त, अप्पर स्याङ्गे हाइड्रोपावर र महालक्ष्मी डिबेञ्चरका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्।

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको