सरकारको १०० बुँदे कार्यसूचीको प्रगति ८७.२ प्रतिशत पुगेको दाबी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाह नेतृत्वको सरकारले शासकीय सुधारसम्बन्धी घोषणा गरेको १०० बुँदे कार्यसूचीको कार्यान्वयन प्रगति ८७.२ प्रतिशत पुगेको दाबी गरेको छ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारका १०० दिनका उपलब्धि सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले १०० बुँदे कार्यसूचीमध्ये ७० वटा बुँदा पूर्ण रूपमा कार्यान्वयन भइसकेको जानकारी दिए।

उनका अनुसार १७ वटा बुँदाको कार्यान्वयन प्रगति ८० प्रतिशतभन्दा माथि पुगेको छ भने १३ वटा बुँदाको प्रगति ६० प्रतिशतभन्दा कम रहेको छ।

वर्तमान सरकारले गत चैत १३ गते समग्र सरकारी कार्यसम्पादनलाई नतिजामुखी, प्रभावकारी, मापनयोग्य र जवाफदेही बनाउने तथा नागरिकको जीवनमा प्रत्यक्ष सुधार ल्याउने उद्देश्यसहित नतिजामा आधारित शासकीय प्रबन्ध लागू गर्ने घोषणा गरेको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको