काठमाडौँ । गृहमन्त्री Sudan Gurung झापाको सीमा सुरक्षा अवस्था तथा हात्तीबाट प्रभावित क्षेत्रको निरीक्षणका लागि झापा पुगेका छन्।
उनले सीमा क्षेत्रमा खटिएका सुरक्षा निकायसँग छलफल गर्दै सीमा व्यवस्थापन, तस्करी नियन्त्रण र नागरिक सुरक्षालाई थप मजबुत बनाउन आवश्यक निर्देशन दिएका छन्।
हात्ती प्रभावित बस्तीको निरीक्षणपछि उनले स्थानीयको जनधनको सुरक्षा सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै सम्बन्धित निकायबीच समन्वय गरेर प्रभावकारी समाधान खोजिने बताएका छन्।

